चीनलाई नोक्सान हुने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरुलाई चीनको चेतावनी
काठमाण्डौ । चीनको वाणिज्य मन्त्रालयले चीनलाई नोक्सान हुने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशको विरोध गरेको छ । मन्त्रालयले यस्तो सम्झौताले चीनलाई हानी भएमा कडा प्रतिकारात्मक कदम चाल्न तयार रहेको स्पष्ट पारेको छ । चीनको वाणिज्य मन्त्रालयले यस्तो व्यापारिक धुर्विकरणले शान्ति नआउने र अमेरिकाको एकपक्षीय नीतिको सामना गर्न अरुसँग हात मिलाउन चीन तयार रहेको बताएको छ ।