काठमाण्डौ । चीनको वाणिज्य मन्त्रालयले चीनलाई नोक्सान हुने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशको विरोध गरेको छ । मन्त्रालयले यस्तो सम्झौताले चीनलाई हानी भएमा कडा प्रतिकारात्मक कदम चाल्न तयार रहेको स्पष्ट पारेको छ ।
चीनको वाणिज्य मन्त्रालयले यस्तो व्यापारिक धुर्विकरणले शान्ति नआउने र अमेरिकाको एकपक्षीय नीतिको सामना गर्न अरुसँग हात मिलाउन चीन तयार रहेको बताएको छ ।
अमेरिकाले चीनसँगको व्यापार सीमित गर्न अन्य देशलाई दबाब दिन सक्ने र त्यसको बदलामा ती देशलाई करमा छुट दिन सक्ने रिपोर्ट आएपछि चीनको यो बयान आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको घोषणापछि चीन र अमेरिकाबीच ट्यारिफ युद्ध सुरु भएको छ ।