दुईदिने सार्वजनिक बिदापछि विद्यालयको बिदा १५ दिन कटौती
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदा घटाउने निर्णय गर्दै यस शैक्षिक सत्रदेखि बिदाको अवधि ४५ दिनबाट ३० दिनमा झारेको छ ।सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि नियमित पठनपाठनमा असर कम गर्न मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो ।

