“गोलाप्रथा हटाए आन्दोलन हुन्छ” — बार अध्यक्ष मिश्र
काठमाण्डौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली कमजोर बनाउने प्रयास भए न्यायपालिकामाथिको जनविश्वास नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् । उनले पेसी तोक्ने अधिकार फेरि सीमित व्यक्तिको नियन्त्रणमा फर्काइए अदालत राजनीतिक प्रभाव र शक्ति केन्द्रको दबाबमा फस्ने दाबी गरे ।

