प्रधानमन्त्रीको प्रश्नोत्तर मुद्दामा विपक्षी मोर्चा विभाजित, प्रधानमन्त्रीलाई संसद्मा बोलाउने विषयमा कांग्रेस मौन, विपक्षी असन्तुष्ट
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित गराएर प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने विषयमा विपक्षी दलहरूबीच साझा धारणा देखिए पनि व्यवहारमा भने विपक्षी मोर्चा विभाजित बनेको छ । संसद्मा सरकारमाथि दबाब सिर्जना गर्ने रणनीतिमा रहेका विपक्षी दलहरू एउटै लाइनमा उभिन नसक्दा प्रतिनिधिसभामा राजनीतिक ध्रुवीकरण मात्र होइन, विपक्षी एकताको कमजोरी पनि...

