गर्मीको असर : कृष्णपुर नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने
काठमाण्डौं । कृष्णपुर नगरपालिकाले बढ्दो गर्मी र ‘लू’ को असरका कारण नगरभित्रका विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । पश्चिम तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि बालबालिकाको स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीय तहले सोमबारदेखि लागू हुने गरी पठनपाठन स्थगित गरेको हो ।

