चिसापानीमा १३२ केभी प्रसारण लाइनका दुई टावर ढले, कर्णालीमा विद्युत् आपूर्ति प्रभावित
काठमाण्डौं । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा उच्च क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्तिमा गम्भीर असर परेको छ। हावाहुरीका कारण रुख ढल्दा ती टावरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उक्त प्रसारण लाइन अवरुद्ध भएको हो।

