आईपीओ निष्कासनको तयारीमा रहेको वर्षबास म्युजियम होटलले डाक्यो साधारण सभा
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको वर्षबास म्युजियम होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा भदौ २३ गते काठमाण्डौको गैरीधारामा रहेको होटलमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन प्रक्रियामा रहेका हुँदा नियामक निकायबाट कुनै संशोधन गर्न...