द वेस्टमिन्स्टर कलेजले जित्यो ‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल’को उपाधि
काठमाण्डौ । द वेस्टमिन्स्टर कलेजले पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (पीएमसीसी)– २०२५ को उपाधि जितेको छ । पब्जी मोबाइल नेपालद्वारा आयोजित पहिलो संस्करणको प्रतियोगितामा वेस्टमिन्स्टर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो ।प्रतियोगिताको ग्राण्ड फाइनल द ब्रिटिस कलेजको हलमा सम्पन्न भएको थियो, जसमा काठमाण्डौका १६ प्रतिष्ठित कलेजहरू सहभागी थिए । सहभागी कलेजहरूमा...