एक वर्षको अनुसन्धान, एकै झट्कामा वर्ल्डलिङ्कलाई करिब ७ अर्ब करबाट उन्मुक्ति !
काठमाण्डौ । करिब ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको कर छली प्रकरणमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसनविरुद्ध मुद्दा नचलाउने निर्णयले नेपालको कर प्रशासन, कानुनी व्याख्या र नीतिगत पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। कर छली भएको निष्कर्षसहित राजस्व अनुसन्धान निकायहरूले अघि बढाएको प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिँदा यो विषय सामान्य प्रशासनिक...

