काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले माघ ६ गते सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०८१/८२ का लागि पारित ८ प्रतिशत नगद लाभांश माघ ६ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएको मितिसम्म कायम सेयरधनीरुको खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।
यस्तै ,भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान समेत गरेको छ।

