बुधबार, असार १०,२०८३ 11:38:30
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:38:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडीआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडीआरटीमा ७७ जना गरी छनौट हुनुभएका ८३ जना अभिकर्ताहरुलाई भव्य समारोहका बिच सम्मान गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि भएका अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए । उनले एमडीआरटी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी एमडीआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरुलाई विशेष सम्मान गर्नुका साथै साथै कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना चेज योर एमडिआरटीमा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरे ।

यसैगरी सबैभन्दा बढि एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरेका थिए ।

कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले सहभागिहरुलाई स्वागत गरेकी थिइन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.