काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रेना रिजाल नियुक्त भएकी छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ ५ गतेदेखि लागू हुनेगरी रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।
बैठकले कम्पनीका सीईओ कमल गौतमको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत रिजाललाई निमित्तको जिम्मेवारी प्रदान गरेको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।

