युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

