यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१२.२८ रुपैयाँ कायम थियो ।