काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि योग्य ठहरिनेछन् ।
कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते अनुमति दिएको थियो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

