Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 02:04:36
Bizshala
Global IME Bank Limited

अनुसन्धानबीच खड्काको स्वास्थ्य बिग्रियो, रातारात अस्पताल भर्ना

Hyundai Nepal
अनुसन्धानबीच खड्काको स्वास्थ्य बिग्रियो, रातारात अस्पताल भर्ना
Shivam Cement

काठमाण्डौ । प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ। पक्राउ परेकै भोलिपल्ट उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो।

प्रहरीले आइतबार खड्कालाई नियन्त्रणमा लिएको थियो भने सोही दिन अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत लिइसकेको थियो। तर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान सबेरै अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अस्पताल स्रोतका अनुसार खड्कालाई बिहान करिब ३ बजे शिक्षण अस्पताल पुर्‍याइएको हो। हाल उनी १०२९ नम्बर बेडमा राखेर उपचार भइरहेको बताइएको छ।

गृहमन्त्री सुधन गुरुङका अनुसार भदौ २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धानका क्रममा खड्काको घरबाट बरामद भएको रकमबारे छानबिन गर्न उनलाई पक्राउ गरिएको हो। उक्त रकम जलेको अवस्थामा भेटिएको थियो, जसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ। विभागले घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानी समेत संकलन गरिसकेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, सोही आन्दोलनको दमनसँग जोडिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हाल शिक्षण अस्पतालमै उपचाररत छन्। उनलाई शनिबार नै अस्पताल भर्ना गरिएको र चिकित्सकको निगरानीमा राखिएको जनाइएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.