काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा नबिल बैंकको अग्राधिकार सेयर सूचीकृत भएको छ । बैंकको कुल ५ करोड कित्ता अग्राधिकार सेयर सूचीकृत भएको हो ।
बैंकको प्रतिसेयर १०० रुपैयाँ चुक्तामूल्य रहेको ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर सूचीकृतभएको हो । यो सेयरको नाम ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ रहेको जसको सिम्बोल ‘नबिलपीएनपी’ रहेको छ ।
सूचीकृत अग्राधिकार सेयर आजदेखि नै दोस्रो बजारमा कारोबार खुल्नेछ ।

