काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कोइरालालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
यसअघि कम्पनी सचिवको रुपमा कार्यरत शर्मिला श्रेष्ठले पदबाट चैत १५ गतेदेखि लागू हुनेगरी राजिनामा दिएकोमा संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै रिक्त पदमा बैठकले ‘मास्टर इन ल’ शैक्षिक योग्यता भएका हाल कम्पनीको नायब प्रशासन प्रबन्धक पदमा कार्यरत कोइरालालाई नियुक्त गरेको हो ।

