काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आफ्नो लगानी रहेको जलविद्युत आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई संस्थागत बैंक जमानत उपलब्ध गराउने निर्णय गरेको छ।
कम्पनीको असार ५ गते सम्पन्न सञ्चालक समितिको ११६ औं बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार, कम्पनीले आफू समेत सेयरधनी रहेको दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि थप ऋण सुविधा सुनिश्चित गर्न बैंक जमानत प्रदान गर्ने भएको छ।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण तथा विस्तारका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट लिएको थप ऋण कर्जाको सुरक्षणस्वरूप कम्पनीले १५ करोड १५ लाख रुपैयाँबराबरको संस्थागत बैंक जमानत उपलब्ध गराउने निर्णय गरेको हो ।

