शुक्रबार, असार १९,२०८३ 07:55:27
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 07:55:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनुदानको मलमा कालोबजारी: सहकारीका सचिव पक्राउ, ३२० बोरा मल बरामद

सहुलियतको युरिया र डीएपी चर्को मूल्यमा बिक्री गरेको आरोप, पाँच दिन म्याद थपेर अनुसन्धान सुरु

Laxmi Sunrise Bank Limited
अनुदानको मलमा कालोबजारी: सहकारीका सचिव पक्राउ, ३२० बोरा मल बरामद

काठमाण्डौ। गुल्मीमा अनुदानमा प्राप्त रासायनिक मलमा कालोबजारी गरी चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालिगण्डकी गाउँपालिका–१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डे पक्राउ परेका हुन्।

उक्त सहकारीमार्फत सहुलियतमा बिक्री–वितरण गर्न अनुदानमा प्राप्त युरिया र डीएपी मल अनधिकृत रूपमा बढी मूल्यमा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो।

New Office
CG Motors
Garima Development Bank

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट अनुदानमा खरिद गरिएको रासायनिक मल स्थानीय व्यापारीमार्फत चर्को मूल्यमा बिक्री–वितरण भएको खुलेको छ।

प्रहरीले विभिन्न पसल तथा घरबाट युरिया मल ५० केजीका २१४ बोरा र डीएपी मल ५० केजीका १०६ बोरा गरी कुल ३२० बोरा रासायनिक मल बरामद गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

घटनामा संलग्न पाण्डेविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पाँच दिनको म्याद थप गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.