बुधबार, असार १०,२०८३ 04:57:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:57:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१७ अर्ब प्रिमियम, नेपाल इन्स्योरेन्सको व्यवसायमा उल्लेख्य सुधार

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१७ अर्ब प्रिमियम, नेपाल इन्स्योरेन्सको व्यवसायमा उल्लेख्य सुधार

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब भन्दा बढी प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ५ महिनासम्ममा निर्जीवन बीमकहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९.२७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

यस अवधिसम्म आइपुग्दा प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स बाहेक सबै कम्पनीले गत आवको तुलनामा आफ्नो व्यवसाय बढाएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

चालु आवको मंसिर महिनासम्ममा सर्वाधिक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०.०१ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म सलिकोले १ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेनसले १ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियरको यो व्यवसाय गत आवको तुलनामा ७।०६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

यसका साथै शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड, युनाइटेड अजोडले १ अर्ब २ करोड, सानिमा जिआइसीले ९९ करोड ७४ लाख, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको मंसिर महिनासम्मको तुलनामा यस अवधिसम्म सर्वाधिक व्यवसाय बढाउनेमा भने दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले ५४.९८ प्रतिशत व्यवसाय ग्रोथ गरेको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सले पनि आफ्नो व्यवसायमा उल्लेख्य बृद्धि गरेको छ । गत आवको मंसिर महिनासम्म ६१ करोड ९१ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको सोही अवधिसम्म ५२।५७ प्रतिशत बढाएर ९४ करोड ४६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

साथै युनाइटेड अजोडको व्यवसाय ४.२६ प्रतिशत र प्रभु इन्स्योरेन्सको व्यवसाय ८.८६ प्रतिशत घटेको छ ।

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.