सोमबार, जेष्ठ ४,२०८३ 03:38:55
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:38:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छः अध्यक्ष ढकाल

Laxmi Sunrise Bank Limited
निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छः अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् ।  

मंगलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले क्षेत्रका मुद्दाहरु सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए ।  

ढकालले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने मात्रै सम्भव रहेको उल्लेख गरे । उनले निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानूनहरुलाई परिमार्जन गर्न आवश्यक रहेको समेत बताए ।  

Bizshala
New Office
CG Motors

उनले भने,‘उद्योग वाणिज्य, भन्सार र वन लगायतका विद्यमान ऐन कानून र नीतिहरु छन् । ती नीतिहरु जबसम्म परिमार्जन गर्न सक्दैनौ तबसम्म आर्थिक गतिविधि बढाउने र मुलुकमा लगानीको वातावरण बन्न सक्दैन । त्यसको लागि सरकारले उच्च स्तरिय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ । त्यसले ऐनहरु पुराना ऐनहरु सुधारको लागि सुझाव दिओस भन्ने महासंघले सुझाव राखेको थियो । अहिले त्यही अनुसार आयोग गठन भएको छ । निजी क्षेत्रको प्रतिनिधि राखिएको छ । निजी क्षेत्रको प्रतिधित्वले आगामी दिनमा निजी क्षेत्रका मुद्दाहरु सम्बोधन र व्यवसायिक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुन्छ । आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने सम्भव हुन्छ ।’

Garima Development Bank
Shivam Cement
IME remit

उनले उद्योग वाणिज्य,भन्सार,वन लगायतका विद्यमान ऐन कानून र नीतिहरु परिमार्जन नभएसम्म आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण बन्न नसक्ने दाबी गरे । यस्तै उनले सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विद्यमान ऐनहरु सुधारको लागि सुझाव दिने बताए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.