शनिबार, बैशाख १३,२०८२ 05:16:08
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:16:08
IME remit
Global IME Bank Limited

अमेरिकामा टिकटक इन्स्टल भएका आईफोन ५ मिलियन डलरसम्म बिक्रीमा

Hyundai Nepal
अमेरिकामा टिकटक इन्स्टल भएका आईफोन ५ मिलियन डलरसम्म बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकामा टिकटक इन्टल भएका आईफोनहरु महङ्गो मूल्यमा बिक्रीमा राखिएका छन् । केही दिनअघि अमेरिकामा छाटो समयका लागि टिकटक बन्द भएसँगै टिकटक डाउनलोड भएका आईफोनहरु अनलाइनमार्फत महङ्गो मूल्यमा बिक्रीमा राख्न थालिएको हो ।  

अमेरिकामा अहिले एप्पलस्टोरमा टिकटक एप उपलब्ध छैन । जसको अर्थ पहिलोपटक टिकटक डाउनलोड गर्न चाहने वा पहिलो डिलिट गरेर फेरि डाउन गर्न चाहनेले गर्न सकिरहेका छैनन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यहि मौकाको फाइदा उठाउँदै केही आईफोन प्रयोगकर्ताहरुले अनलाइन प्लेटफर्ममार्फत टिकटक डाउनलोड भएका आफ्ना आईफोनहरु बिक्रीमा राखेका छन् । यस्तो फोनको न्यूनतम मूल्य १ हजार डलर बढी राखिएको छ । केहीले त सम्भावित खरिदकर्ताका लागि बेस्ट अफर अप्सन समेत दिईरहेका छन् ।  

एकजना आईफोन प्रयोगकर्ताले आफूसँग भएको टिकटक र क्यापकट भएको आईफोन १५ ४.९ मिलियन डलरसम्म बिक्रीमा राखेको मिडिया रिपोर्टमा जनाइएको छ ।  

Muktinath Bikas Bank Limited

अमेरिकामा जनवरी १८ मा टिकटक बन्द भएको थियो । यद्यपी यो प्रतिबन्द लामो समयसम्म भने रहेन । जनवरी १९ मा टिकटक फेरि खुलेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकी स्वामित्वकर्ता खोज्न ७५ दिनको समयावधि दिएका छन् ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.