बिहीबार, बैशाख ३,२०८३ 02:50:33
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 02:50:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकामा सेनाको हेलिकप्टरसँग ठोकियो ६० यात्रु सवार जेट, १८ जनाको शव फेला

Bizshala
अमेरिकामा सेनाको हेलिकप्टरसँग ठोकियो ६० यात्रु सवार जेट, १८ जनाको शव फेला
Shivam Cement

काठमाण्डौ । अमेरिकामा, अमेरिकन एयरलाइन्सको विमान वाशिंगटन डीसी नजिकै ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ। उक्त विमानमा ६४ जना सवार थिए । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेका छन् ।

प्रहरी अधिकारीहरूले अहिलेसम्म १८ जनाको शव निकालिएको बताएका छन् । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान वासिङ्टनबाट कन्सास जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोमेक नदीमा खसेको थियो । नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्थानीय समय अनुसार राति ९ बजे रीगन वासिङ्गटन राष्ट्रिय विमानस्थलनजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरु भएको छ । यो विमान रेगन राष्ट्रिय विमानस्थलबाट उडेको थियो।

दुर्घटनापछि ठूलो संख्यामा आपतकालीन सेनाका सदस्य विमानस्थल पुगेका छन् । घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रक पनि छन् । यो दुर्घटनामा संलग्न हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो। हेलिकप्टरमा तीन अमेरिकी सैनिक सवार थिए ।

CG Motors
Garima Development Bank
IME remit

समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै एक अधिकारीले यो हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी नभएको तर सवार सैनिकको अवस्था पनि स्पष्ट नभएको बताएका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.