शुक्रबार, श्रावण १,२०८३ 02:27:37
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:27:37
Bizshala
Global IME Bank Limited

नेको इन्स्योरेन्सको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

नेको इन्स्योरेन्सको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
New Office

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका  ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको हो ।  

लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रिय कार्यालय ,सानिमा क्यापिटल,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

कम्पनीले न्यूनतम पूँजी कायम गर्न र कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।  

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.