बुधबार, बैशाख २,२०८३ 11:33:33
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 11:33:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पसँगको निकटता मस्कका लागि अभिशाप बन्दै, टेस्लाको सेयरमूल्य लागातार ७ साता घट्यो

Bizshala
ट्रम्पसँगको निकटता मस्कका लागि अभिशाप बन्दै, टेस्लाको सेयरमूल्य लागातार ७ साता घट्यो
Shivam Cement

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी टेस्लाको सेयरमूल्य यतिबेला निरन्तर खस्किरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग जोडिन मस्क वासिङ्टनस्थित राष्ट्रपति कार्यालय गएसँगै टेस्लाको सेयरमूल्य लगातार ७ साता घटेको छ ।  

पछिल्लो कारोबारमा टेस्लाको सेयरमूल्य प्रतिकित्ता २७०.४८ डलरमा बन्द भएको छ । पब्लिक कम्पनीको रुपमा १५ वर्षे यात्रामा कम्पनीको सेयरमूल्यमा देखिएको ७ साताको गिरावट हालसम्मकै लामो अवधिको गिरावट हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गत साता कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको थियो । जुन नोभेम्बर ५ पछिकै उच्च हो । अमेरिकी राष्ट्रपति निर्वाचनका बखत टेस्लाको सेयरमूल्य प्रतिकित्ता २५१.४४ डलर कायम थियो ।  

त्यसपछि कम्पनीको सेयरमूल्य गत डिसेम्बर १७ मा प्रतिकित्ता ४८० डलरसम्म पुगेको थियो । त्यसयता भने कम्पनीको सेयरमूल्य निरन्तर घटिरहेको छ । यो गिरावटका कारण कम्पनीको बजार पूँजीकरण ८०० बिलियन डलरले घटेको छ । बैंक अफ अमेरिका, बायर्ड र गोल्डम्यान स्याक्स जस्ता धेरैजसो वालस्ट्रिट कम्पनीहरुले टेस्लामाथिको ‘प्राइस टार्गेट’मा कटौती गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

ट्रम्प प्रशासनमा मस्कको संलग्नताले अनिश्चितता बढाएका कारण टेस्लाको सेयरमूल्य निरन्तर घटिरहेको विश्लेषकले बताएका छन् ।  मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकारको रूपमा रहनुका साथै ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’को शीर्ष नेतृत्वमा छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.