बुधबार, बैशाख २,२०८३ 01:37:38
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 01:37:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाद्वारा भारत–पाकिस्तान सिमाना वरपर यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह

Bizshala
अमेरिकाद्वारा भारत–पाकिस्तान सिमाना वरपर यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह
Shivam Cement

काठमाण्डौ । अमेरिकाले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । जसमा अमेरिकाले आफ्ना नागरिकहरूलाई भारत–पाकिस्तान सीमा तथा ‘लाइन अफ कन्ट्रोल’ वरपर यात्रा नगर्न आग्रह गरेको छ।

ट्राभल एडभाइजरीका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रामा पनि प्रतिबन्ध लगाइएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यस एडभाइजरीको कारण यी क्षेत्रमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको बताइएको छ ।

एडभाईजरीमा भनिएको छ, ‘हिंसक चरमपन्थी समूहहरूले पाकिस्तानमा आक्रमणहरू गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी हमलाहरू भइरहेका छन्।’

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसमा पूर्व संघीय प्रशासित जनजाति क्षेत्र पनि समावेश छ, जसलाई एफएटीए भनिन्छ अर्थात् संघीय प्रशासित जनजाति क्षेत्र। यहाँ ठूलो मात्रामा आतंकवादी हमलाहरू भएका छन्, जसमा धेरैको ज्यान गएको छ, । ‘अहिले यस क्षेत्रमा साना आक्रमणहरू भइरहेका छन्। आतंकवाद र चरमपन्थीहरूको हिंसाका कारण स्थानीय सेना र प्रहरी पोष्टहरू पनि आक्रमणमा परेका छन्,’ एडभाइजरीमा उल्लेख छ ।

CG Motors
Garima Development Bank
IME remit

‘आतंकवादीहरूले बिना चेतावनी यातायात केन्द्रहरू, बजारहरू, सपिङ मलहरू, सैन्य प्रतिष्ठानहरू, एयरपोर्टहरू, विश्वविद्यालयहरू, पर्यटक गन्तव्यहरू, विद्यालयहरू, अस्पतालहरू, धार्मिक स्थलहरू र सरकारी सुविधाहरूलाई लक्षित गर्न सक्छन्,’ एडभाइजरीमा भनिएको छ, ‘आतंकवादीहरूले विगतमा अमेरिकी कूटनीतिज्ञ र दूतावासहरूलाई निशाना बनाएका छन्।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.