बुधबार, असार १०,२०८३ 03:04:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:04:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेको इन्स्योरेन्सलाई हकप्रद बिकाउन हम्मे, एलआईसी नेपालको जस्तै लिलामीमा आउने सम्भावना बढी

Laxmi Sunrise Bank Limited
नेको इन्स्योरेन्सलाई हकप्रद बिकाउन हम्मे, एलआईसी नेपालको जस्तै लिलामीमा आउने सम्भावना बढी

काठमाण्डौ । नेको इन्स्योरेन्सलाई हकप्रद सेयर बिकाउन हम्मेहम्मे परेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरको १ः०.२५ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।  

कम्पनीले फागुन २८ गतेसम्मको म्याद राखेर बुकक्लोज अघि कायम सेयरधनीहरुका लागि हकप्रद निष्कासन गरेको थियो । तर तोकेको अवधिसम्म कम्पनीको हकप्रद आधा पनि बिक्री नभएपछि कम्पनीले आवेदन दिने म्याद थप गरेको छ ।  

कम्पनीले हकप्रद खरिदका लागि चैत १४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । म्याद थप गरेको पाँच दिनसम्म पनि कम्पनीको हकप्रदमा आवेदन दिनेको संख्या र माग कित्ता संख्या भने बढ्न सकिरहेको छैन ।  

New Office
CG Motors
Garima Development Bank

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आजसम्म कम्पनीको हकप्रदमा २१ लाख २ हजार ९५१ कित्ताका लागि मात्रै आवेदन परेको छ, जुन यो कुल जारी गरिएको कित्ता संख्याको ४१.८० प्रतिशत मात्रै हो । सो अवधिसम्म २५ हजार १२८ जना आवेदकले २१ करोड २ लाख ९५ हजार १०० रुपैयाँ बराबरको हकप्रद भरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हुन त कम्पनीको हकप्रदमा आवेदन दिने समय अझैपनि ११ दिन बाँकी छ । तर बुकक्लोज अघि कायम सेयरधनीहरुमा कम्पनीको हकप्रदप्रति त्यति आकर्षण नरहेको स्पष्ट देखिएको छ । अझैपनि कम्पनीको ५८.२० प्रतिशत हकप्रद बिक्न बाँकी छ । यसर्थमा यो कम्पनीको हकप्रद पनि यसअघि जारी भएको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को जस्तै लिलामीमा आउन सक्ने सम्भावना बढी रहेको छ ।  

एलआइसी नेपालले पनि तोकेको समयसम्म बिक्री खुल्ला गरेको हकप्रद सेयर पूर्ण नबिकेपछि लिलामीमार्फत सेयर बिक्री गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.