मंगलवार, असार ९,२०८३ 11:35:23
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:35:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक महिनासम्म पनि किन सूचीकरण हुन सकिरहेको छैन नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ ? यस्तो छ कारण

Laxmi Sunrise Bank Limited
एक महिनासम्म पनि किन सूचीकरण हुन सकिरहेको छैन नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ ? यस्तो छ कारण

काठमाण्डौ । एक महिना अगाडी बाँडफाँड भइसकेको नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ अझैपनि नेप्सेमा सूचीकृत हुन सकेको छैन । सेयर पाएका लगानीकर्ताहरुले सूचीकरणमा ढिलाइको कारण खोजिरहेका छन् ।  

कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गर्न नसक्दा कम्पनीको आइपीओ सूचीकरणको काम ढिला भएको हो । सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्न सेयर रजिष्ट्रार (आरटीएस(मा हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नियुक्त गरिसकेको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो । कम्पनीले मर्चेन्ट बैंकरको रुपमा काम गर्न लाइसेन्स पाएपनि यसअघि आरटीएसको लाइसेन्स भने प्राप्त गरेको थिएन । कम्पनीका अनुसार हिमालयन इन्भेष्टमेन्टले केही दिनअघि मात्रै आरटीएसको लाइसेन्स प्राप्त गरी नेपाल इन्स्योरेन्सको सेयर रजिष्ट्रारको काम गर्न नियुक्ती पाइसकेको छ ।

‘केही दिनअघि मात्रै आरटीएसको लाइसेन्स पाएर नेपाल माइक्रो इन्स्योरेन्सको सेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मेवार पाएका छौं’ कम्पनीका एक अधिकारीले भने, ‘यसअघि कम्पनीले हामीलाई नै सो सम्बन्धी जिम्मेवारी दिने भनेपनि लाइसेन्स नभएकाले कार्य अगाडी बढाउन पाएका थिएनौं ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ लिस्टिङको लागि नेप्सेमा निवेदन पेश भइसकेको छ । ‘हामीले सेयर सूचीकृतका लागि सिडिएस एण्ड क्लियरिङमा सम्पूर्ण काम सकेर नेप्सेमा पठाइसकेका छौं’ ती अधिकारीले भने, ‘आज नेप्सेमा नयाँ सीइओ नियुक्त भएकाले सूचीकृत हुन सकेन सम्भवतः भोलि नै सूचीकृत हुने सम्भावना छ ।’

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर गत फागुन २३ गते बाँडफाँड भएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.