शनिबार, असार २०,२०८३ 08:02:03
Bizshala
  • शनिबार, असार २०,२०८३ 08:02:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ई–सेवाको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु, अन्तरदेशीय क्यूआर भुक्तानी सहज हुने विश्वास

Laxmi Sunrise Bank Limited
ई–सेवाको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु, अन्तरदेशीय क्यूआर भुक्तानी सहज हुने विश्वास

काठमाण्डौ । ई–सेवाले अन्तराष्ट्रि भुक्तानी सेवाको सुरुवात गरेको छ । फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो। 

अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम(यूपीआई र फोनपेको प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्।  

New Office
CG Motors
Garima Development Bank

नेपालभरी ४ लाख ५० हजार भन्दा बढी ई–सेवाका क्यूआर मर्चेन्टहरू रहेका छन्। अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोडर्न डिजिटल अर्थतन्त्र मार्फत दुई देश बीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा ई–सेवा विश्वस्त रहेको जानकारी गराएको छ। हाल साना तथा मझौला व्यवसायीहरूलाई स्वचालित रूपमा यो सेवा उपलब्ध गराइएको भएतापनि अन्य व्यवसायीहरूले पनि यो सेवा लिन चाहेमा ई–सेवालाई सम्पर्क गर्नलाई कम्पनीले अनुरोध गरेको छ ।  

अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगीने क्रममा कमी आउने पनि विश्वास गरिएको छ। इसेवाले भने आफ्ना मर्चेन्टहरूलाई उनीहरूको व्यवसायका ग्राहकलाई सहजता प्रदान गरी ग्राहक सन्तुष्टी बढ्ने धारणा राखेको छ।  यसले नगद सटहीको झन्झटबाट व्यवसायीहरूलाई तथा भारतीय ग्राहकहरूलाई नगद तथा चानचुनको झन्झटबाट मुक्त गराउने विश्वास गरिएको छ। सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रति कारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने पनि ई–सेवाले जनाएको छ।  

भारतीय पर्यटकले नेपालमा सहजै डिजिटल भुक्तानी गर्न पाउने भएतापनि अहिलेलाई नेपाली नागरिकले भारतमा सजिलै डिजिटल भुक्तानी भने गर्न पाउने छैनन्। यस सम्बन्धी कार्य भइरहेको र निकट भविष्यमा छिटै आफ्नो आधिकारिक सामाजिक संजालका आधिकारिक पेजमार्फत जानकारी गराउने पनि ई–सेवाको ब्लगमा उल्लेख छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.