काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले थप एक म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति पाएको छ ।
यो खुलामुखी स्किम हो । क्यापिटलले अब अंकित मूल्य १० रुपैयाँ दरको ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई फण्ड निष्कासन गर्नेछ ।
प्रभु क्यापिटलको हाल प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड दुईवटा बन्दमुखी म्युचुल फण्ड दोस्रो बजारमा सूचीकृत छन् । क्यापिटलले अनुमति पाएको यो स्किम भने खुलामुखी योजना हो ।
यसअघि बजारमा सूचीकृत रहेका एनआइसी एशिया क्यापिटलको एनआइसी एशिया डायनामिक डेब्ट फण्ड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडको सुभ लक्ष्मी कोष र सिद्धार्थ क्यापिटल लिमिटेडको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम पनि खुलामुखी योजना नै हुन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                