मंगलवार, असार ९,२०८३ 07:31:07
Bizshala
  • मंगलवार, असार ९,२०८३ 07:31:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘कुर्दा कुर्दै कपाल फूलिसक्यो, सेयर बजारले पेन्सनको पैसा समेत खायो’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्  ‘कुर्दा कुर्दै कपाल फूलिसक्यो, सेयर बजारले पेन्सनको पैसा समेत खायो’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको क्रममा आज हामी नक्साल र कमलादी आसपासका केही ब्रोकर हासउहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । आज हामी सबै भन्दा पहिले बिहान ११ बज्दा नबज्दै नक्सालमा रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं ।  

यस ब्रोकर हासउमा लगानीकर्ताहरुको उपस्थिति सामान्य थियो । लगानीकर्ताहरु आउने क्रम जारी थियो । यत्तिकैमा एक ढाका टोपि लगाएका पाका उमेरका लगानीकर्ता ब्रोकर हाउसमा साढे ११ बजे तिर टुप्लुक्क आए । उनले डिस्प्लेतिर हेर्दै भने, ‘आज त बजार उल्कै बढ्छ भन्दै थिए त साथीहरुले बजार त खासै बढेको छैन त ।’ उनले थप्दै भने  ‘अब त नयाँ वर्ष पनि लाग्यो कहिले बढ्ने रहेछ यो बजार ?’ उनी सँगै ब्रोकर हाउसमा बसेका लगानीकर्ताले उनई जवाफ दिँदै भने ‘ धोबीलाई हतार भयो भन्दैमा मध्य रातमा घाम लाग्छ र ? पख्नुहोस् न । समय आए पछि बढ्छ ।’ फेरि उनलाई जवाफ दिदै ती लगानीकर्ताले भने, ‘कति पर्खने हो ? कपाल फुली सक्यो । अलिकति पेन्सनबाट आएको पैसा बजारमा हालेको बजारले नै खाला जस्तो छ ।’  उनको कुरा सुनेर ब्रोकर हाउसमा हाँसो गूञ्जियो ।

New Office
CG Motors
Garima Development Bank

ब्रोकर हाउसमा यस्तै गल्फिति चल्दै थिए । केही लगानीकर्र्ताहरु आज गभर्नरको विषय के हुन्छ भनेर सोध खोज पनि गर्दै थिए । केही समयको बसाईपछि यहाँबाट हामी नक्सालमा नै रहेको नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु विभिन्न समूहमा बाँडिएर कारोबार हेर्न मस्त देखिन्थे । यो ब्रोकरमा केही भर्खर कलेज पढ्दै गरेका तन्नेरि युवाहरु टेक्निकल पछ्याएर कारोबार गरेको भेटिए। यस्तैमा एक लगानीकर्ताले प्रश्न गरे, ‘होइन हो, साथीहरु आज त गभर्नरको विषय अदालत गएको छ भन्छन्, के भयो ?’ उनीसँगै बसेका लगानीकर्ता जवाफ फर्काए, ‘ खै आज पालो आउला जस्तो छैन रे ।’ यस ब्रोकरमा भेटिएका अन्य लगानीकर्ताहरु पनि गभर्नरकै विषयमा छलफल गर्दै थिए । ‘नेपाल राष्ट्रबैंको नेतृत्व लामो समय कम्युनिष्टको हातमा गयो । देशको लागि त राम्रै भयो होला पूँजी बजारलाई लाई त खासै केही भएन । अब त काङ्ग्रेसको भागमा परेको भन्छन्, ’ यतिकैमा एक लगानीकर्ताले भने ‘ खै झापाको पानी साह्रै बैमानी छ भन्छन् के हुन्छ ? ’ यसै ब्रोकरमा केही लगानीकर्ताहरुले राधी जलविद्युत कम्पनी र एचाआइडीसीएलको चर्चा गरे ।  

मध्यान्नको १२ बजिसकेको थियो । बजार बिस्तारै घट्दै थियो । लगानीकर्ताहरुमा अन्यौलता देखिन्थ्यो । केही समयको बसाई पछि हामी कमलादीमा रहेको क्रियटिभ सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४०) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । कोही शिक्षकहरुको आन्दोलनको चर्चा गर्दै थिए भने कोही गभर्नरको विषयमा चर्चा गर्दै थिए । यही ब्रोकरमा भेटिएका एक पाका उमेरका लगानीकर्ताले भने, ‘यो गभर्नरको विषयमा पनि धेरै राजनीति भयो । यहि विषयले सरकार नै के होला भन्ने भयो ?’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले नेपाल बैंकले राम्रो रिपोर्ट निकालेको प्रतिक्रिया दिए । उनले थप्दै भने, ‘आउने वर्ष राम्रो प्रतिफल दिन्छ जस्तो छ, ।’ ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।  

यहाँबाट हामी श्रीकृष्ण सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५६) मा पुग्यौं । यस बेलासम्म दिनको २ बजी सकेको थियो । बजार २० अंकले घट्दै थियो । लगानीकर्ताहरु बजार हेर्न व्यस्त देखिन्थे । एक लगानीकर्ताले भनेको सुनियो, ‘ आजको विन नेपाल लघुवित्तको एफपीओ पर्यो साथीहरु ? मैले त १० कित्ता परेन भनेर २० किता भरेको त्यही पनि परेन । अभागिलाई के सेयर पर्थ्यो ।’ उनीसँगै बसेका लगानीकर्ता भने,‘यो त जम्मा ५ हजारलाई पर्ने हो । मैले त हेरेकै छैन ।’

यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आज आन्दोलनको  बिषयले पनि बजार घटेको विश्लेषण गरे । ‘शिक्षकहरु पहिले देखि नै आन्दोलनमा छन । आजबाट राप्रपा पनि आन्दोलनमा उत्रियो भन्छन् । यही कारणले लगानीकर्ता डराए।’ भिडमध्येका एक लगानीकर्ताले भने । आज हामी पुगेका ब्रोकर हाउसमा यस्तै गलफति चल्दै थिए । बजार दोहोरो अंकले घट्दै थियो । आजको लागि हामीले हाम्रो स्तम्भ यही बिट मार्ने निधो गर्यौ  ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.