मंगलवार, असार ३,२०८२ 03:21:00
  • मंगलवार, असार ३,२०८२ 03:21:00
Global IME Bank Limited

सेयर बजारमा घाटा खाएपछि पुतलीसडकका चिया पसलेलाई हृदयघात, एक वर्षमा २ जनाको मृत्यु

Hyundai Nepal
सेयर बजारमा घाटा खाएपछि पुतलीसडकका चिया पसलेलाई हृदयघात, एक वर्षमा २ जनाको मृत्यु
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार जोखिमको क्षेत्र हो । सेयर बजारमा प्रतिफलसँगै जोडिएर आउने अर्को विषय जोखिम पनि हो भन्ने तथ्य यस क्षेत्रमा लगानी गर्नेले थाहा पाउन आवश्यक छ । अरुको लहड र देखासिकी गरेर लगानी गर्दा दुःख गरेर आर्जेको सम्पत्ति गुमाउनुको पिडा त छदै छ अर्को तर्फ यसले निम्त्याउने मानसिक तनावको अवस्थालाई समेत नजरअन्दाज गर्न सकिदैन ।  

केही कमाउने आशामा सेयर बजारमा प्रवेश गरेकाहरुमाथि त्यतिबेला बज्रपात पर्छ जब लगानी गरेको कम्पनीको सम्पत्ति निरन्तर खुम्चिन थाल्छ । यस्तो अवस्थामा आफ्ना सम्वेगहरुलाई सम्हाल्न एकदमै आवश्यक हुन्छ । सेयर बजारमा धैर्यवान र जोखिम व्यवस्थापन गर्न सक्ने व्यक्ति मात्रै सफल हुन्छन् । यस्ता विषय सर्वसाधारणलाई बुझाउन नियामकलाई झनै चुनौति थपिएको छ । भारतको दलाल स्ट्रिट भने जस्तै नेपालको पुतलीसडक पनि सेयर कारोबार हुने प्रमुख स्थान हो ।

पुतलीसडकको शंकर देव क्याम्पस अगाडि एउटा सानो गल्लि छ । जहाँ मोटरसाइकल पार्किङ स्थल पनि भएका कारण धेरै लगानीकर्ता त्यहाँ पुग्छन् । त्यहा केही ब्रोकर हाउस पनि छन् । ब्रोकर हाउसबाट लगानीकर्ता चिया पिउन त्यस गल्लिमा पुग्ने गर्छन । यो ठाउ लगानीकर्ताहरु माझ ‘टुकुचा’को नामले समेत परिचित छ । यो ठाँउमा ३/४ वटा चिया पसल छन् । जहाँ लगानीकर्ताहरु आफ्नो कम्प्युटर लिएर चिया खाँदै सेयर कारोबार पनि गरेका भेटिन्छन् । यी पसलहरुमा लगानीकर्ता तथा ब्रोकर सञ्चालक पनि चिया पिउन पुगेका हुन्छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यिनै लगानीकर्ताहरुको संगतले गर्दा यहाँका चिया पसलेदेखि अन्य व्यापारी पनि सेयर बजारमा लगेका छन् । तर सेयर बजार जोखिमको क्षेत्र हो र यो बजारमा घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने शिक्षाको अभाव हुँदा अरुको लहैलहैमा लागेका केही व्यापारिहरु मृत्युको मुख मै पुगेको तितो यथार्थ यहाँ भेटिएका छन् ।  

केही दिन अगाडि गुल्मि स्थाई भर भएर टुकुचाको मोडमा चिया बेच्ने एक चिया व्यापारीको हृदयघात भएर मृत्यु भएको छ । ती व्यापारि लामो समयदेखि सेयर बजारमा रहेको र केही खेलाडीका सेयर खरिद गरेको तथ्य खुलेको छ । आफूले लगानी गरेको कम्पनी घटेपछि उनी निकै पीडामा थिए । यही कारण उनको मृत्यू भएको पुष्टि भएको छ ।  

यसैगरि केही समय पहिले टुकुचामा नै चिया पसल गरेर बस्ने गुल्मिकै अर्का एक चिया व्यापारिको पनि यसै कारण मृत्यू भएको यहाँ भेटिएका लगानीकर्ता दीपक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार यस्तो घटना एकै वर्षमा २ वटा घटेका हुन् ।  

नियामक निकायले दिनु पर्ने सेयर शिक्षाको अभावका कारण यस्तो अप्रिय घटना घटेको बस्नेतले आरोप लगाए । यस अघि पनि एक लगानीकर्ताले खेलाडीको सेयरमा घाटा खाएपछि विष खाएको अडियो सार्वजनिक भएको थियो । पेशाले शिक्षक समेत रहेका अर्का एक लगानीकर्ताले यसरी लगानीकर्ता मर्नु पर्ने अवस्था आउनु सरकारको पूँजीबजार प्रतिको कठोर नीति रहेको आरोप लगाए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.