नकारात्मक बुक भ्यालु भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउने व्यवस्था यथावत् राख्न सुझाव
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरका बिभिन्न लगानीकर्ता संघका नेताहरुले धितोपत्र बोर्डलाई मौखिक रुपमा विभिन्न सुझाव दिएका छन । जसमध्ये लगानीकर्ताले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नकारात्मक बुक भ्यालु भएका कम्पनीहरुको हकप्रद तथा प्राथमिक सेयर निष्कासनमा रोक लगाउने व्यवस्था यथावत् राख्न सुझाव दिएका छन् ।