Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

यी १० कुरा जाने सेयरबाट करोडपति !

Global IME Bank Limited
यी १० कुरा जाने सेयरबाट करोडपति !
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा लगानीको ठ्याक्कै यही नियम भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई अनुशरण गर्न सकिए सेयरमा गरिएको लगानीबाट राम्रो प्रतिफलको सम्भावना रहन्छ । 

हामीले यहाँ दिर्घकालिन दृष्टिकोणबाट बजारमा कसरी लगानी गर्ने र कुन कुन कुरामा ध्यान दिए सफल बन्न सकिन्छ भन्ने बिषयमा १० टिप्स तयार गरेका छौ । सबै बुँदासँग सम्बन्धित आधारभूत कुराहरु लगानीकर्ताले जान्नैपर्ने हुन्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१. कमजोर सेयर बेचौं, राम्रोलाई राखौं

धेरै लगानीकर्ताहरुले राम्रो कम्पनीको सेयर केही नाफा हुने बित्तिकै बिक्री गर्ने हतारो देखाउँछन् । यो गलत प्रवृति हो । राम्रो अवस्थाको कम्पनीको सेयर लामो समयसम्म होल्ड गर्न सके त्यसबाट ठूलै रिटर्न पनि प्राप्त हुन्छ । यसतर्फ विशेष ध्यान दिनुपर्छ । बरु आफूसँग भएको कमजोर कम्पनीको सेयर बिक्री गरेर त्यसको लगानी पनि लङ टर्मका लागि राम्रो कम्पनीमा गर्नुहोस् । किनकि कमजोर कम्पनीको सेयरको मूल्य भविष्यमा झनै घट्न सक्छ ।  

त्यसो त स्तरीय सेयरलाई होल्ड गरेर कमजोर कम्पनीको सेयर बिक्री गर्ने सिद्धान्त कार्यान्वयन गर्न अप्ठ्यारो पनि हुनसक्ला । राम्रो कम्पनीको थोरै सेयर किनेर लामो समयसम्म होल्ड हुन सकेमा मात्र सेयर बजारको असली विजेता बन्न सकिन्छ । त्यसकारण थोरै संख्यामा मात्र सेयर छ, मैले त के कमाउन सकूँला र रु भन्ने भ्रम पनि त्याग्नुपर्छ । राम्रो प्रदर्शन गरिरहेको सेयरलाई पनि नजरअन्दाज गर्नुहुन्न ।  

अर्कोतर्फ, कुनै पनि कम्पनीको सेयरमा पहिरो गएपछि त्यो फेरि बढ्ला भन्ने कुनै ग्यारेण्टी हुन्न । त्यसकारण राम्रा सेयरलाई कहिले बेवास्ता नगर्नुहोस् । आफ्नो विचारमा जुन सेयरले खराब प्रदर्शन गरिरहेको छ, त्यसलाई बेलैमा बिक्री गर्नु नै उचित हुन्छ । तर, कुनै सेयरबाट गुमाएँ भन्दैमा चिन्ता नगर्नुहोस्, कारण यसले तपाईंको अनुुभव र सेयर सम्बन्धी ज्ञानलाई बढाइरहेको हुन्छ । गुमाउँदाको अवस्थाबाट सिकेर अगाडि बढ्नु पनि एउटा महत्वपूर्ण टिप्स हो ।  

यी दुवै अवस्थामा कुनै पनि सेयरको मूल्य वृद्धि हुने भविष्यका संभाव्यताको बिषयमा अध्ययन गरेर मात्र निर्णय लिनु उचित हुन्छ । चाहिने भन्दा बढी डराउनु वा अत्तालिनु पनि सेयरमा लगानीमा घातक प्रवृति हो ।  

२.सस्ता टिप्स पछ्याउने गल्ती नगर्नु

आफ्ना दाजुुभाई, साथीभाई, छिमेकी, सेयर बजारका दलाल वा विज्ञ नामधारी कतिपय व्यक्तिहरुको टिप्सलाई कानूनकै रुपमा पालना गर्ने भूल पनि गर्नुहुन्न । तपाई कुनै सेयरमा किन लगानी गर्नुहुँदैछ भन्ने उत्तर तपाईसँगै हुन आवश्यक हुन्छ । त्यसकारण आफैले नै लगानी गर्न चाहेको कम्पनीको बिषयमा सक्दो रिसर्च गर्नुहोस् र जहाँ संभावना बढी देख्नुहुुन्छ, त्यहाँ लगानी गर्नुहोस् । सस्ता टिप्स, बजारका हल्ला वा कसैको सल्लाहको पछि लागे डूबिन्छ । 

यस्तो अवस्थामा तपाईंको अध्ययन र आत्मविश्वास ठूलो कुरा हो । कसैको सल्लाह अनुसार कुनै सेयरमा लगानी गर्नु जूवा खेल्नु बराबर हो । हो, कतिपय टिप्सले तपाईंलाई कहिलेकाही फाइदा पनि गर्ला, तर लङ टर्म लगानीकर्ताका लागि यस्ता टिप्सको भर पर्नुभन्दा बजारलाई आफैंले बुुझेको राम्रो हुन्छ । त्यसकारण बजारलाई सुन्नुहोस्, बजारका पण्डितहरुलाई बढी सुन्नुुभयो भने डूूब्नुहुन्छ ।

३.सानो रकममा नअल्झिनुहोस्

हिजोआज धेरै लगानीकर्ता छोटो समयका लागि सेयरमा लगानी गरेर धेरै कमाइन्छ भन्ने भ्रम पालेर बसेका छन् । लामो समयको लगानीमा सफलता पाउन सानो–सानो रकममा बढी ध्यान दिनुहुँदैन । मिनेट मिनेटको बजार गतिविधि हेरेर त्यसबाट आफूले घाटा वा नाफा व्यहोरेको  बिषयलाई ठूलो रुपमा लिनुहुन्न । लामो समयका लागि लगानी गर्नु भनेको केही वर्षका लागि लगानी हो । 

त्यसकारण बजारका मिनेट मिनेटका यस्ता गतिविधिमा अल्झिनुभन्दा यो समयमा बजारको बिषयमा आफूभित्रको ज्ञानलाई बृहत बनाउनतिर लाग्नुपर्छ । सानो रकम घाटा लाग्यो भन्दै चिन्ता गर्न थाल्नुुभयो भने तपाईं डूूब्नुहुन्छ । स्तरीय सेयरमा लगानी गर्दा आत्मविश्वास बढाउनुहोस्, स्तरहीन सेयरमा लगानी गरी केही रकम डूूब्यो भन्दैमा निराश बन्न छाडिदिनुहोस् । स्तरीय सेयर लिनुभएको छ र आजको दिनमा केही रुपैयाँ घाटा भयो भने पनि त्यसले दीर्घकालमा तपाईलाई राम्रो रिटर्न दिनेछ ।  

४.मूल्य–आम्दानी अनुपातलाई बढी महत्व नदिनु

प्राय लगानीकर्ताहरु लगानीअघि कुुनै पनि कम्पनीको मूल्य–आम्दानी अनुपात९पीई रेसियो०लाई मात्र बढी महत्व दिइरहेका हुन्छन् । पीई रेसियोलाई मात्र महत्व दिएर लगानीको निर्णय लिनु निकै जोखिमपूर्ण हुन्छ । लगानीका धेरै मुख्य टुलहरुमध्ये पीई रेसियो पनि एउटा पक्कै हो, तर सबै यही मात्र होइन ।

कम्पनीको अवस्था विश्लेषणका अन्य विधिका लागि पीई रेसियो एक सहयोगी विधि त बन्न सक्ला, लगानीको एक मात्र सूत्र मान्ने गल्ती गर्नुहुन्न । यसको अर्थ थोरै अंकको पीई रेसियो भएको कम्पनीको सेयर सुरक्षित नै छ भन्ने ग्यारेण्टी हुन्न भने, धेरै अंकको पीई रेसियो हुनु भनेको पनि त्यो कम्पनी पूरै कमजोर छ भन्ने पनि हुन्न ।

 

५.सानो रकमको सेयरलाई हेला नगर्नू

उदाहरणका लागि यदि तपाईंसँग १ सय रुपैयाँ प्रतिकित्ता पर्ने कुनै कम्पनीको सेयर छ र त्यसको मूल्यमा ५० प्रतिशत गिरावट आयो भने तपाईले प्रति कित्तामा ५० रुपैयाँ घाटा व्यहोर्नुपर्छ । तर यदि तपाईसँग ३ हजार प्रतिकित्ताको सेयर छ र यसमा ५० प्रतिशत घाटा लाग्यो भने एकैपटक एक कित्तामा १५ सय रुपैयाँ गुमाउनुपर्छ । 

त्यसकारण, थोरै रकमको सस्तो सेयर भनेर हेला नगर्नु । आफ्नो पोर्टफोलियोमा यस्ता सस्तो सेयर पनि राख्नुपर्छ । यसले तपाईलाई एकैपटक डूूब्नबाट जोगाउँछ । हुन त सस्तो सेयर महंगो सेयर भन्दा बढी जोखिमपूर्ण हुन्छ, तर लगानी विविधिकरणमा यस्ता सेयर पनि राख्नुपर्ने हुन्छ ।  

 

६.आफ्नै मौलिक सिद्धान्त बनाउनुहोस्

सेयरको छनौट र लगानीको निर्णय शैली मानिसका फरक फरक हुन्छन्  । सफल बन्ने धेरै शैलीहरु छन् र एउटै शैली मात्र यसका लागि काफी वा ध्रुवसत्य भन्ने हुँदैन । 

त्यसकारण सेयर लगानीको क्रममा आफ्नो शैली पत्ता लगाउनुहोस् र त्यसमा आफूूलाई प्रतिबद्ध राख्ने प्रयास गर्नुहोस् । देखासिकी भन्दा पनि यथार्थपरक भएर यस्तो बेलामा सेयरको छनौट र लगानीको निर्णय लिनु श्रेयस्कर हुन्छ ।  

७.भविष्यमा केन्द्रीत बन्नुुहोस्

लगानीको सबैभन्दा जटिल पाटो भनेकै कुनै पनि कम्पनीको सेयर वा समग्र सेयर बजारमा विगतमा के भयो भन्ने रिपोर्ट तथा विगतको आधारमा लगानीको निर्णय लिनु हो । त्यसकारण दिमागमा लगानीकर्ताले विगतका डेटाहरुलाई विश्लेषण गर्नु जति महत्वपूर्ण रुपमा लिनुपर्छ, भविष्यमा के हुन्छ भन्ने बिषयमा विश्लेषण गर्नु वा विचार गर्नु पनि उत्तिकै महत्वपूर्ण हुनुपर्छ ।  

हिजोको दिनमा घटेकोले कुनै कम्पनीको सेयर नकिन्ने निर्णय लिनुु भन्दा पनि त्यसले भविष्यमा कस्तो प्रदर्शन गर्नसक्छ भन्ने  सही विश्लेषण गरेर लगानीको निर्णय लिइए त्यसबाट चाहि लङ टर्ममा फाइदा पुुग्नेछ ।  

 

८.लङ टर्मको दृष्टिकोण एडप्ट गर्नुहोस्

छोटो समयमै हुने ठूलो फाइदाले बजारमा आएका नयाँ लगानीकर्तालाई प्राय आकर्षित गरिरहेको हुन्छ । तर लामो समयसम्मका लागि दृष्टिकोण बनाउनु, लामो समयको लगानी योजना बनाउनुु र बजारमा प्रवेश गर्ने, लगत्तै निस्किने तथा घाटा व्यहोर्ने प्रवृति निरुत्साहित हुनुपर्छ । 

तर यसको अर्थ छोटो समयका लागि लगानी गर्ने र बजारमा सक्रिय कारोबारीले कमाउँदैनन् भन्ने चाहि होइन । तर लगानी गर्नु र सक्रिय रुपमा सेयरको कारोबार गरी नाफा कमाउनु भिन्न कुरा हुन् । सेयरको व्यापारमा धेरै जोखिम हुन्छ, यो जोखिम किन्ने र होल्ड गर्ने लगानीकर्ताले व्यहोरेको हुँदैन। यस्तै, सक्रिय कारोबारी सफल बन्न निश्चित क्षमता हुनुपर्छ, जुन क्षमता लगानीकर्तामा नभए पनि हुन्छ ।

 

९.ब्राण्डेड कम्पनी मात्र नहेर्नु

धेरै ठूला कम्पनीहरुको पारिवारिक नाम र प्रतिष्ठा हुन्छ । तर विश्वका कैयन् राम्रा लगानीकर्ता यस्ता पृष्ठभूमिबाट उठेका हुँदैनन् । हजारौं साना कम्पनीहरुसँग भोलि ठूलो कम्पनी बन्ने संभावना जिवितै हुन्छ । 

वास्तवमा, इतिहासदेखि नै ठूला भन्दा साना कम्पनीहरुले राम्रो रिटर्न दिइरहेका छन् । जस्तो, साना सेयरले अमेरिकामा औसतमा १२।२७ प्रतिशत रिटर्न दिन सफल भए भने स्तरीय सेयरको रिटर्न भने १०।५३ प्रतिशतमा मात्र सीमित थियो । यो तथ्यांक सन् १९२६ देखि २००१ सम्मको त्यहाँको सेयर कारोबारबाट निकालिएको हो ।

तर यसो भनेर हामीले तपाईंले सबै लगानी साना मूल्यका सेयरमै गर्नुहोस् भन्ने सुुझाव दिन खोजेका होइनौ ।  

१०.करको बिषयमा सचेत बन्नूू, चिन्ता नलिनु

लगानी र त्यसबाट हुने फाइदा भन्दा अगाडि करको बिषयमा सोच्नु आत्माघाती हुन्छ । यस्तो रणनीतिले लगानीकर्तालाई गरीब बनाइदिनसक्छ । करको कार्यान्वयन गर्नु महत्वपूर्ण हुन्छ नै, तर यो बिषय दोश्रो प्राथमिकताको बिषय हो ।

 लगानीको प्राथमिक लक्ष्य तपाईंको लगानीलाई बढाउनु र पैसा कमाउनु हो । त्यसकारण, कर तिर्ने जिम्मेवारीसँगै तपाईले करपछि हुने आफ्नो आम्दानीलाई कसरी बढाउने भन्ने बिषयलाई केन्द्र भागमा राख्नुपर्छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.