IME remit
  • बुधबार, कार्तिक १९,२०८२ 05:34:44
IME remit
Global IME Bank Limited

दुईदिनको करेक्सनपश्चात बढ्यो नेप्से, कारोबारमा भने संकुचन

Hyundai Nepal
दुईदिनको करेक्सनपश्चात बढ्यो नेप्से, कारोबारमा भने संकुचन
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ०.४६ प्रतिशत अर्थात १२.१७ अंकले बढेर २ हजार ६०७.४२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले बढेर ४५३.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ९२ लाख १८ हजार ८१० कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो ।  

अघिल्लो दिन भने ५ अर्ब १५ करोड बढीको कारोबार भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘अहिलेको बजारको घट्न र बढ्न नसकिरहेको अवस्थामा छ । बजारलाई समग्रमा हेर्दा साइड वेजमै चलिरहेको देखिन्छ । राजनीतिक अस्थिरता र चुनावको टुंगो नलाग्नुले लगानीकर्तामा आत्मबल बढ्न सकिरहेको छैन । अब कम्पनीहरुको पहिलो त्रैमासिक रिर्पोट पनि आउने बेला भएको छ त्यसले केही हदसम्म बजारमा सुधार आउन सक्ने देखिन्छ । राजनीतिक माहोल राम्रो बनेमा बजारले एउटा मुभमेन्ट लिनुपर्ने हो तर केही समय बजार साइडबेजमै चलेर २६ सयको पेरिफेरीमा रहने देखिन्छ ।’

बजार जानकार अयज सिं थापा (जय शम्भु) भन्छन्, ‘बजारको सेनारियो हेर्दा करेक्टिभ वे मै चलिरहेको छ अर्थात् बजार डाउन ट्रेन्डमै चलिरहेको छ । आज दिनभरी घटेको बजार कारोबार बन्द हुने बेलामा सामान्य अंकले बढ्नु भनेको घटेबराबर नै हो । कारोबार रकम खासै राम्रो देखिएन । अब सूचीकृत कम्पनीहरुको रिर्पोट आउने बेला भएको छ । समग्रमा बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुको रिर्पोट अपेक्षागरेअनुसार नआउने देखिन्छ । साथै बीमा कम्पनीहरको यसपटक डिभिडेन्ट पनि घट्ने देखिएकाले बजार २७८० वा २८ सय तल नै रहने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटाबाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्था ३.४१ प्रतिशतले बढ्यो । यस्तै आज बैंकिङ समूह ०.५६ प्रतिशत, विकास बैंक ०.०८, हाईड्रो ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, लघुवित्त ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ र व्यापार समूह ०.४२ प्रतिशतले बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड ६१ लाख बढीको कारोबार भयो । हिमालयन डिष्टिलरीको पनि आज ३२ करोड ७२लाख, राधी विद्युत कम्पनीको ३१ करोड ५७ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३६ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज माबिलुङ इनर्जी र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यो दिन नेपाल फाइनान्सको सेयरमूल्य ९.२३ प्रतिशत, सम्पदा लघुवित्तको ५.८६ र पिपुल्स हाईड्रोपावरको सेयरमूल्य ४.५८ प्रतिशतले बढ्यो ।

फर्स्ट माईक्रोफाइनान्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.४८ प्रतिशतले घट्यो । अभियान लघुवित्त र विन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्य पनि क्रमशः ४.६७ र ४.०८ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.