काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ४ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ४४ करोड ४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.५२ प्रतिशत सेयर खरिद र ५१.४८ प्रतिशत सेयर बिक्री भएको छ ।

