काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको चन्द्रागिरी केवल कार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
सो केबलकारका ठूला सेयरधनी अम्बिकाप्रसाद पौड्यालका अनुसार कात्तिक २२ गते(शनिवार)देखि चन्द्रागिरी केवलकार पुनः सञ्चालनमा आउने भएको हो ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा चन्द्रागिरीको तल्लो स्टेशनमा तोडफोड र आगजनी भएको थियो । जसका कारण चन्द्रागिरी केवलकार बन्द हुन पुगेको थियो ।
बन्द भएको २ महिनापछि आवश्यक मर्मत सम्भार गरी केवलकार सेवा पुनः सुचारु गर्न लागिएको हो ।
चन्द्रागिरी नेपाल स्टक एक्सचेञ्जमा चन्द्रागिरी हिल्स लिमीटेडको नाममा सूचीकृत कम्पनी हो । यो कम्पनीको दोश्रो सेयर बजार मूल्य प्रतिकित्ता ९०० रुपैयाँ हाराहारी रहेको छ ।

