मंगलवार, असार ३,२०८२ 09:46:06
  • मंगलवार, असार ३,२०८२ 09:46:06
Global IME Bank Limited

सेयर बिक्रीबापतको भुक्तानी समयमै नपाएको लगानीकर्ताको गुनासो, पर्न थाल्यो उजुरी

Hyundai Nepal
सेयर बिक्रीबापतको भुक्तानी समयमै नपाएको लगानीकर्ताको गुनासो, पर्न थाल्यो उजुरी
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा सेयर बिक्री गरेको तीन कार्य दिनभित्र बिक्रेताको बैंक खातामा रकम जम्मा गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । तर यो व्यवस्थाको कार्यान्वयनमा भने ब्रोकर कम्पनीहरु चुक्दै आईरहेका छन् । बेलाबखतमा लगानीकर्ताबाट सेयर बेचेको रकम नपाएको भन्ने गुनोसो र उजुरीले यसलाई प्रमाणित गर्छ ।  

लगानीकर्ताले सेयर खरिद गर्दा ब्रोकरलाई बेलैमा पैसा दिने गरेको तर बिक्री गर्दा भने समयमै नपाउने गरेको गुनासो गर्दै आएका छन् । यस्तोमा एक लगानीकर्ता रश्मि केसीले आफूले बिक्री गरेको सेयरबापतको रकम भुक्तानी गरी पाँउ भनि धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, नेपाल प्रहरी लगायतमा उजुरी दिएकी छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले डाईनामिक मनि मेनेजर्स सेक्युरिटिज (स्कट ब्रोकर नम्बर ४४)बाट सेयर खरिदबिक्री गर्ने गरेको र जेठ २६ गते चिलिमे हाईड्रोको १० कित्ता र सगरमाथा जलविद्युतको १० कित्ता सेयर बिक्री गरेको बताएकी छन् । यस्तै उनले जेठ २७ गतेपनि हिमालयन लाइफको १३९ कित्ता सेयर बिक्री गरेकी थिइन् ।  

चिलिमे हाईड्रो र सगरमाथा जलविद्युतको बिक्रीबापतको भुक्तानी जेठ २९ गते र हिमालयन लाइफको जेठ ३० गते पाउनुपर्नेमा असार ३ गते बितिसक्दा पनि उक्त रकम पाउन नसकेको केसीले उजुरीमा उल्लेख गरेकी छन् ।  

सो ब्रोकरले हालै सेयर कारोबार गराउने नयाँ सफ्टवयर सञ्चालनमा ल्याएकाले ब्रोकरको प्रणाली अत्याधुनिक हुनुका साथै स्वचालित हुनुपर्ने भएतापनि ब्रोकरमा भुक्तानी माग्न दोहोरो संवाद गर्ने सुविधा पनि नरहेको उनले बताएकी छन् । बिक्री गरेको सेयरको भुक्तानी माग्नै नपर्ने भएतापनि मोबाइल नं.को भाइवरमा सन्देश पठाउनुपर्ने व्यवस्था गरिएको उनले उल्लेख गरेकी छन् । ‘सो ब्रोकरले धेरै पटक यस्तो व्यवहार गरिसकेको छ । मैले सो ब्रोकरसँग कुनै लिमिट पनि चलाएकी छैन । तसर्थ यस विषयमा सेयर लगानीकर्ता प्रतिनिधि समेत समावेश गरी अधिकार सम्पन्न तथ्य अन्वेषणा समिति गठन गरी माथि उल्लेखित लगायत सबै ब्रोकरहरुले कारोबार गर्दा प्रचलित कानूनको उलंघन गरे नगरेको पत्ता लगाई दोषीहरुलाई कारबाही गर्न र मेरो रकम भुक्तानी गर्ने ब्रोकरबाट भुक्तानी दिलाई पाउँ,’ उजुरीमा भनिएको छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.