बुधबार, श्रावण १३,२०८३ 12:08:11
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:08:11
Bizshala
Global IME Bank Limited

संसद् बैठक बिहान ११ बजे, आर्थिक विधेयकहरू अघि बढ्ने कार्यसूची

संसद् बैठक बिहान ११ बजे, आर्थिक विधेयकहरू अघि बढ्ने कार्यसूची
New Office

काठमाण्डौ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफललाई निरन्तरता दिइने संसद् सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।  

बजेट छलफललाई निष्कर्षतर्फ लैजाने तयारीका बीच संसद्मा आर्थिक एजेन्डा केन्द्रमा रहने देखिएको छ।

त्यसैगरी अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यससँगै आर्थिक तथा मौद्रिक नीतिसम्बन्धी महत्वपूर्ण विधेयकहरू संसद्को प्रक्रियामा अघि बढ्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.