आईतवार, श्रावण १७,२०८३ 06:09:55
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 06:09:55
Bizshala
Global IME Bank Limited

बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी

बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी
New Office

काठमाण्डौ । बहराइनको गृह मन्त्रालयले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको सन्देशमार्फत नागरिक तथा बासिन्दाहरूलाई शान्त रहन र आफू नजिकको सुरक्षित स्थानमा जान अपिल गरेको हो।

बिहीबार बिहान अमेरिकी आक्रमण भएको करिब एक घण्टापछि, इरानका सरकारी समाचार संस्थाहरूले देशको सेनालाई उद्धृत गर्दै बहराइनस्थित अमेरिकी सैन्य अखडामाथि आक्रमण गरिएको जनाएको छ। सेनाले जारी गरेको वक्तव्यअनुसार ड्रोन आक्रमणमार्फत अमेरिकी पाँचौं नौसैनिक बेडासँग सम्बन्धित प्याट्रियट रक्षा प्रणालीका सञ्चार एन्टेना र रडारलाई निशाना बनाइएको थियो।

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लीक न्यूज एजेन्सीले इस्लामिक रिभोलुसनरी गार्डलाई उद्धृत गर्दै अमेरिकी कारबाहीको जवाफस्वरूप बहराइनको एक विमानस्थल तथा कुवेतका दुई सैन्य अखडासहित १८ वटा महत्वपूर्ण लक्ष्यमा आक्रमण गरिएको जनाएको छ।

यसअघि अमेरिकाले इरानभित्रका विभिन्न स्थानमा आक्रमण गरेको थियो। त्यसको प्रतिक्रियामा इरानले अमेरिकी आक्रमणसमक्ष नझुक्ने र त्यसको उचित जवाफ दिने चेतावनी दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.