काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रहरीको हिरासतबाट छुटेका छन्। चौधरी डिल्लीबजार कारागार कार्यालबाट छुटेका हुन् । सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा चौधरी आज दिउसो पक्राउ परेका थिए ।
उनी प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए । तर उनलाई पक्राउ गर्न लेखेको पत्रनै अनधिकृत रहेको पाइएको थियो । चौधरीलाई पक्राउ गर्न सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले पत्र लेखेका थिए । पत्र लेख्न विष्टलाई प्रहरीले पक्राउ गरिसकेको छ ।