मंगलवार, असार १७,२०८२ 01:16:30
  • मंगलवार, असार १७,२०८२ 01:16:30
Global IME Bank Limited

नेपालमा १५.८५ लाख स्मार्टफोन भित्रिदा एउटा मात्र बाहिरियो

Hyundai Nepal
नेपालमा १५.८५ लाख स्मार्टफोन भित्रिदा एउटा मात्र बाहिरियो
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा ९ महिनाको अवधिमा १५ लाख ८४ हजार ९५८ थान स्मार्टफोन भित्रिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका हुन् ।    

फागुन महिनासम्म भने नेपालमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको १४ लाख ७० हजार ७८ थान स्मार्टफोन आयात भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

स्मर्टफोन फोन आयातबाट सरकारले ९ महिनाको अवधिमा ४ अर्ब ७३ करोड १५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । फागुनमा भने सरकारले ४ अर्ब ८५ करोड राजश्व उठाएको थियो ।  

नेपालमा चीनबाट सर्वाधिक स्मार्टफोन आयात भएको तथ्यांकले देखाउछ । साउनदेखि चैतचैतसम्मको ९ महिनाको अवधिमा चीनबाट १५ अर्ब ९४ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका ११ लाख ७० हजार ८३ वटा स्मार्टफोन आयात भएको छ । यस्तै भारत दोस्रो स्थानमा छ । भारतबाट  २ लाख ९४ हजार ८ सय २२ थान स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउछ । यस्तै भियतनामबाट १ हजार २८, जापानबाट ८१६ र युएईबाट ६३६ वटा स्मार्टफोन नेपाल आयात भएका छन् ।  

यो अवधिमा नेपालबाट एउटा मात्रै स्मार्टफोन विदेश निर्यात भएको देखिएको छ । नेपालबाट अमेरिकामा यो अवधिमा  १ लाख ७० हजार रुपैयाँबराबरको स्मार्टफोन निर्यात भएको छ । यस्तै ४०९ वटा स्मार्टवाच, ६ वटा मोबाइल फोन चार्जर, ३१ वटा मल्टिपल लाउडस्पिकर, ३ वटा भिडियो रेकर्डिङ डिभाइस ९ वटा ल्यापटप र नोटबुक निर्यात भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.