मंगलवार, असार १७,२०८२ 12:41:45
  • मंगलवार, असार १७,२०८२ 12:41:45
Global IME Bank Limited

कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने

Hyundai Nepal
कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने घोषणा गरेको छ ।  

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने घोषणा गरे ।  

उनले भने-'कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने छ। औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने गरी करदाता–मैत्री राजस्व प्रणाली विकास गरिनेछ।'

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, उनले त्रुटिपूर्ण योजनाहरू खारेज गर्ने समेत घोषणा गरे ।  

निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नरहेका परियोजनाहरू स्थगन गरिने घोषणा गरेका हुन् । 

'विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूको पुनः प्राथमिकीकरण गर्नुपर्छ,। परियोजनालाई वर्गीकरण गरी यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गरिनुपर्छ।'-पौडेलले भनेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.