मंगलवार, असार १७,२०८२ 01:43:22
  • मंगलवार, असार १७,२०८२ 01:43:22
Global IME Bank Limited

वैशाख २२ गतेदेखि नागढुङ्गा–नौबिसे सडक ४ घण्टाका लागि बन्द हुने

Hyundai Nepal
वैशाख २२ गतेदेखि नागढुङ्गा–नौबिसे सडक ४ घण्टाका लागि बन्द हुने
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको नागढुङ्गा सडक रातको समयमा बन्द गरिने भएको छ । यो सडक मार्ग वैशाख २२ देखि वैशाख ३१ सम्म राति ११ देखि बिहान ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भईरहेकाले सवारीसाधन आवतजावत रोकिने लागिएको हो । काठमाण्डौ नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र  नौबिसेबाट काठमाण्डौतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।  

साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.