काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ८०.०८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । कम्पनीले ५ करोड ४६ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६०५.७४ प्रतिशतले बढी हो ।
कम्पनीको कुल आम्दानी पनि १३०.७५ प्रतिशतले बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवसम्म ४ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यसरी कम्पनीको कुल खर्च १४६.२९ प्रतिशतले वृद्धि भएको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि ४१ लाखबाट बढेर २ करोड ५१ लाख पुगेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार २ लाख ६७ हजार र रिटेन्ड अर्निङको आकार २२ लाख ८ हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ८० हजार ६०२ वटा बीमा पोलिसी जारी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.०९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५ हजार १६९ गुणा र तरलता अनुपात १९१ प्रतिशत कायम भएको छ ।