शनिबार, बैशाख २७,२०८२ 02:56:27
IME remit
  • शनिबार, बैशाख २७,२०८२ 02:56:27
IME remit
Global IME Bank Limited

ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन देउवा नरम, नेप्सेमा 'अभूतपूर्व उछाल' आउने विज्ञको दाबी

Hyundai Nepal
ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन देउवा नरम, नेप्सेमा 'अभूतपूर्व उछाल' आउने विज्ञको दाबी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नभएका कारण गभर्नर नियुक्ति पेचिलो बनेको भन्दै प्रधानमन्त्रीको सल्लाहअनुसार कांग्रेसले वैकल्पिक उम्मेद्वार खोज्ने संकेत गरेको छ ।  

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले गभर्नरका लागि विभिन्न विकल्प प्रस्तुत गरेका सुनाइएको थियो । तिनै विकल्पमध्ये कांग्रेसले डा. गुणाकर भट्टको नाममा अप्ठ्यारो परे अर्का उम्मेद्वार प्रस्तुत गर्नुपर्नेमा सहमति जुटेको हो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले बताएअनुसार देउवाले आफूलाई प्रम ओलीले सुझाएका विकल्पहरुको विषयमा सुनाएका थिए । 'पहिलो विकल्प कामू गभर्नर डा. निलम ढुंगानालाई दवाब दिएर कार्यकारी निर्देशकबाट डा. गुणाकरले दिएको राजीनामा स्वीकृत गर्न लगाउने भन्नेछ । त्यो सम्भवः नभए जोखिम मोलेरै भए पनि डा. गुणाकरलाई नै गभर्नर बनाउने दोश्रो विकल्प आएको छ ।' देउवालाई उद्धृत गर्दै ती नेताले बिजशालासँग भने-'कानूनी उल्झन हुने खालको जोखिम व्यहोरेर जानुभन्दा सहज र सर्वस्वीकार्य विकल्पमा जान सही हुन्छ होला । त्यसकारण ओलीजीले सुझाएअनुसार हामीले डा. भट्टको विकल्प खोजेर समेत अगाडि बढ्नुपर्ने हुनसक्छ ।'  

देउवाले डा. भट्टको विकल्प खोज्नुपर्ने धारणा व्यक्ति गरिरहँदा बैठकमा रमेश लेखकले त्यस्तो गर्न नहुने, बरु कामू गभर्नर निलम ढुंगाना एमालेकै कार्यकर्ता रहेकोले ओलीमाथि दवाब सिर्जना गरेर राजीनामा स्वीकृत गर्न लगाउनुपर्ने र अर्को विकल्पमा नगई गभर्नर नियुक्तिको प्रक्रिया टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । गृहमन्त्री समेत रहेका लेखक आफन्त समेत पर्ने डा. भट्टलाई गभर्नर बनाउन सुरुवातदेखि नै लागिपरेका छन् । आफ्नो र देउवाको समेत निर्वाचन क्षेत्रबाट आएका दवाबहरुलाई देखाएर उनले डा. भट्टलाई गभर्नर बनाइछाड्ने एकसूत्रीय अजेण्डा बोकिरहेका बताइन्छ ।  

बैठकमा कांग्रेसका केही नेताहरुले भने रमेश लेखकको धारणाप्रति घुमाउरो असहमति जनाउँदै एउटा व्यक्ति विशेषको नाम मात्रै लिएर पार्टी बसिरहँदा लामो समयसम्म गभर्नर नियुक्त हुन नसकेको र यसको सन्देश पब्लिकमा राम्रो नगएको भन्दै कांग्रेसले डा. भट्टको विकल्पसहित अगाडि बढ्नुपर्ने र आगामी साताभित्र गभर्नर नियुक्तिको विषयलाई टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।  

बैठकमा सहभागी नेताहरुका अनुसार डा. भट्टको विकल्प खोज्ने विषयमा पछिल्लो समय सभापति देउवा नरम हुन थालेका छन् । एउटै व्यक्तिको नामको पछाडि लाग्दा राम्रो सन्देश नजाने र कांग्रेसमा अरु योग्य मान्छे नै नरहेको भ्रमपूर्ण प्रचार समेत हुने भएकोले विकल्पका साथ अगाडि बढ्नुपर्ने उनको संकेत थियो ।

बैठकमा गभर्नरका लागि डा. भट्टलाई छाडेर विकल्पमा जानुपर्नेमा धेरै नेताहरुको सहमति भएसँगै सम्भावित नामको विषयमा समेत चर्चा भएको थियो । सो क्रममा अधिकांश नेताहरुले ज्ञानेन्द्रप्रसाद ढुंगानाको नामलाई विकल्पको रुपमा प्रस्तुत गरेका थिए ।  

नेताहरुले ज्ञानेन्द्र ढुंगानाको नाम लिँदा देउवाले मौनता साँधेका थिए । अरु बेला डा. भट्टबाहेकको नाम नै सुन्न नचाहने देउवाले शुक्रबार बैठकमा ज्ञानेन्द्रको नाममा मौनता साँध्नुलाई धेरै नेताले सकारात्मक रुपमा लिएका छन् ।  

स्रोतहरुका अनुसार पछिल्लो समय सभापति देउवाकी पत्नी तथा कांग्रेस नेतृ र परराष्ट्रमन्त्री आरजू राणा देउवाले ज्ञानेन्द्र ढुंगानाको नाममा निरन्तर अडान लिइरहेकी छिन् । गभर्नर सिफारिस समितिको सदस्य समेत रहेका अर्थशास्त्री विश्व पौडेलले समेत पटक–पटक ज्ञानेन्द्र ढुंगानालाई नै गभर्नर बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइरहेका छन् । घरकै दवाब तथा पछिल्लो समय उत्पन्न जटिल परिस्थिति लगायतबाट सभापति देउवा ज्ञानेन्द्र ढुंगानालाई गभर्नरको रुपमा प्रस्तुत गर्न तयारजस्तो देखिएका छन् ।

Muktinath Bikas Bank Limited

आफूहरुले डा. भट्टको विकल्पसहित अगाडि नबढे चतुर ओलीले डा. निलमलाई गभर्नर बनाउनसक्ने जोखिमका विषयमा समेत नेताहरुले बैठकमा आफ्नो धारणा सुनाएका थिए ।  

पछिल्लो समय कतिपय अर्थशास्त्री तथा विज्ञहरुले समेत राष्ट्रबैंकभित्र गभर्नरका लागि लडाईं रहेको र यसले निकै ठूलो गुटबन्दी र द्वन्द्वको सिर्जना गरिसकेका कारण डा. गुणाकर भट्ट वा डा. निलम ढुंगानामध्ये जोसुकैलाई गभर्नर बनाएमा त्यहाँको चेन अफ कमाण्ड थप बिग्रिने, केन्द्रीय बैंकभित्रकै गुट–उपगुटबीच हानाहान र तानातानको नयाँ तथा डरलाग्दो खेलको सुरुवात हुने र यसले राष्ट्रबैंकको नेतृत्व आफ्नो व्यवसायिक कामको साटो एकअर्कालाई पछार्ने खेलमै केन्द्रीत हुने जोखिम देखिएकोले राष्ट्रबैंकबाहिरकै व्यक्तिलाई गभर्नर बनाएर जानुपर्ने सुझाव दिइरहेका छन् ।  

राष्ट्रबैंक बाहिरबाटै गभर्नर बनाएर जानुपर्ने मत बलियो बन्दै गएका कारण नवील बैंकको जागिर छाडेर गभर्नर बन्ने दौडमा होमिएका ज्ञानेन्द्र ढुंगानाको सम्भावना बलियो बन्न थालेको स्रोतहरु बताउँछन् ।  

................................................................

.................................................................

'हाल रेसमा रहेका गभर्नरका दाबेदारमध्ये ढुंगाना मात्र यस्तो पात्र हुन्, जसले राष्ट्रबैंकको चेन अफ कमाण्ड र मेरिटोक्रेसीलाई भत्किन दिने छैनन् । राष्ट्रबैंकबाटै जागिर छाडेर निजी क्षेत्रको बैंकमा आएका उनलाई केन्द्रीय बैंकदेखि निजी क्षेत्रसम्मका वास्तविक समस्याहरु थाहा छ । बैंकदेखि निजी क्षेत्रका समस्यालाई वास्तविक रुपमा मिहीन ढंगले चिनेका व्यक्ति समेत हुन् ढुंगाना ।' स्रोत भन्छ -'ढुंगानालाई गभर्नर बनाएर जाँदा यसले लगानीकर्ता र बजारमा समेत उत्साह ल्याउँछ । ग्राउण्ड लेभलका समस्यासँग परिचित भएका कारण ढुंगानाको नेतृत्वमा राष्ट्रबैंकले मौद्रिक नीतिको राम्रो रिफर्म गर्नसक्छ र सरकारले चाहेजस्तै उचित र कार्यान्वयनमुखी सल्लाहहरु समेत दिनसक्छ।'

ज्ञानेन्द्र ढुंगानालाई सर्वसाधारण र बजारका लगानीकर्ताहरुले पनि लामो समयअघिदेखि गभर्नर बनेको हेर्न चाहेका छन् । गभर्नरको दौड सुरु भइसकेपछि बिजशालाले गरेको एक सर्भेमा ६८ प्रतिशत बढी उत्तरदाताले अबको गभर्नर ढुंगानालाई बनाउनुपर्नेमा जोड दिएका थिए ।  

ढुंगाना गभर्नर बन्ने सम्भावना बढ्दा मात्रै पनि सेयर बजारले सकारात्मक रेसपोन्स गर्दै आएको छ । सेयर बजारका लगानीकर्ता ढुंगाना गभर्नर बन्ने आशामा उत्साहित देखिन्छन् । यो क्षेत्रका दिग्गज लगानीकर्ताहरुको तर्कलाई आधार मान्ने हो भने ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाइएमा नेप्से परिसूचकमा अभूतपूर्व उछाल आउनेछ । 'पत्याउनुस्, नपत्याउनुस ढुंगाना गभर्नर बने भने नेप्सेमा १००० अंकको बढोत्तरी सहजै हुनेछ ।' एक पुराना लगानीकर्ता भन्छन्- 'सेयर बजारमा ज्ञानेन्द्र जीको नामले बुल ल्याउँछ ।'  

कांग्रेसनिकटका कतिपय अर्थविदहरुले देशको पूँजीबजारमा दिगो बढोत्तरीको सुरुवात हुने हो भने त्यहीँबाट अर्थतन्त्रका अन्य क्षेत्रहरुलाई समेत चलायमान गर्न सकिने धारणा राख्छन् । पूँजीबजारमा उछाल आएपछि त्यहाँको पैसा रियल स्टेटदेखि उपभोक्ता बजारसम्म आउनेछ । पूँजीबजारमा उत्साह थप्ने पात्रलाई गभर्नर बनाइएको खण्डमा त्यहीँबाट अर्थतन्त्रमा सुधारको युग सुरु हुने उनीहरुको तर्क छ । यो परिकल्पनालाई वास्तविकतामा परिणत गर्नसक्ने क्षमता भएका राष्ट्रबैंकबाहिरका पात्र समेत हुन् ज्ञानेन्द्र ढुंगाना ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.