आईतवार, फाल्गुन ३,२०८२ 12:45:16
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 12:45:16
Bizshala
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको नाफामा झिनो वृद्धि, आम्दानी भने ९.८१% ले घट्यो

चन्द्रागिरी हिल्सको नाफामा झिनो वृद्धि, आम्दानी भने ९.८१% ले घट्यो
Shivam Cement

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १० करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा कम्पनीको आम्दानी भने ९.८१ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६० करोड  ६८ लाख रुपैयाँ रहेको आम्दानी घटेर ५४ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिसम्म कम्पनीले ३८ लाख ८६ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको खर्चमा कमी आएको छ । अघिल्लो आवमा २१ करोड ७३ लाख रहेको कुल खर्च घटेर २१ करोड ४७ लाखमा सीमित बनेको छ । यसका साथै कम्पनीले वित्त खर्च पनि १८ करोड २९ लाखबाट घटेर १२ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भ कोषको आकार ३ करोड ८१ लाख रहेको छ । अघिल्लो आवमा भने कम्पनीको रिजर्भको आकार १२ करोड २२ लाखले ऋणात्मक अवस्थामा थियो । २९ करोड ५१ लाख रुपैयाँबराबरको कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व भने ९ करोड ५० लाख रुपैयाँबराबर रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.७२ रुपैयाँ, पीई रेसियो १२०.२६ गुणा र तरलता अनुपात ३.१० प्रतिशत कायम भएको छ ।    

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.