काठमाण्डौ । भारत र पाकिस्तानबीचको युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा भारी वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क इन्डेक्स केएसई१०० प्रारम्भिक कारोबारमा करिब ९ प्रतिशतले उकालो लागेको थियो।
गत साता भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेपछि पाकिस्तानको सेयर बजारमा निकै आतंक मच्चिएको थियो र एक घण्टाको लागि कारोबार बन्द गर्नुपरेको थियो ।
विश्लेषकहरूका अनुसार पाकिस्तानको सेयर बजारमा उछाल आउनुको कारण भारत र पाकिस्तानबीचको युद्धविराम मात्र नभएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ(ले शुक्रबार बेलआउट प्याकेजमा सहमति जनाउउनु पनि प्रमुख कारण रहेको छ ।
वासिङ्टनमा शुक्रबार भएको आईएमएफ बोर्ड बैठकमा पाकिस्तानलाई बेलआउट प्याकेजको किस्ता दिने सहमति भएको हो ।