Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि आज समाप्त हुँदै

Global IME Bank Limited
निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि आज समाप्त हुँदै
Nabil Bank Limited

काठमाण्डौ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन समयावधि आज समाप्त हुँदैछ।  

बैंकले एक सूचना जारी गर्दै आज फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निफ्राले गत २०७७ माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

बैंकको आईपीओ बाँडफाँड २०७७ माघ १६ गते भएको थियो । हाल बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक–इनमा रहेको छ । लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.